११ महिनामा ३२ हजार मेट्रिक टन आँप आयात

४ दिन अगाडि

काठमाडौँ - चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३२ हजार मेट्रिक टन आँप आयात भएको छ । जसमध्ये ३० हजार मेट्रिक टन आँप भारतबाट आयात भएको छ । 

बाँकी दुई हजार मेट्रिक टन आँप चीन, थाइल्यान्ड, इजिप्टबाट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । सो बापत नेपालबाट २ अर्ब रुपैयाँ बाहिरिएको छ भने सरकारले ३१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । 

नेपालमा करिब ५० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा आँप खेती गरिएको छ । यसमध्ये करिब ४० हजार हेक्टर क्षेत्रफलको आँपले उत्पादन दिएको छ । सो क्षेत्रफलबाट करिब साढे चार लाख मेट्रिक टनको हाराहारीमा स्वदेशी आँप उत्पादन हुँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ ।

 
 

४ दिन अगाडि

प्रतिक्रिया