सेबोनको अध्यक्ष नियुक्ति प्रक्रियामा अन्योल

४ दिन अगाडि

काठमाडौँ - नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रियामा परेका पाँच जना उम्मेदवारमध्ये तीन जनाले पटकपटक अन्तरवार्ता बहिस्कार गरेसँगै थप नियुक्ति प्रक्रिया कसरी जाने भन्ने अन्योल बढेको छ । 

महान्यायाधिवक्ताको कार्यालयले थप एक जनासहित तीन जनाको नाममा सिफारिस गर्न वा अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गर्न नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिलाई सुझाव दिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ नेतृत्वको तीन सदस्यीय धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई आइतबार अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको थियो । तर, सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ बाहेक बाँकी तीन जना उम्मेदवार चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की र डा। नवराज अधिकारी अन्तर्वार्तामा उपस्थिति भइदिएनन् । 

सर्टलिस्टको बहुमत उम्मेदवार आइतबारको अन्तरवार्तामा अनुपस्थित भएपछि छनोट समितिले बुधबार पुनः वार्ताका लागि तीन जनालाई बोलाएको थियो । तर, यस दिन पनि तीनै जना उम्मेदवार अन्तरवार्तामा अनुपस्थित भइदिए । यसपछि समितिले अध्यक्ष छनोट प्रक्रियाको थप गृहकार्यका लागि के गर्न सकिन्छ ? भनेर महान्यायाधिवक्ताको कार्यालयले सोधेको थियो । प्रतिउत्तरमा महान्यायाधिवक्ताको कार्यालयले समितिलाई दुई विकल्प दिएको स्रोतको भनाइ छ । 
 

४ दिन अगाडि

प्रतिक्रिया