उडेको केही समयमै विमान अचानक  २७ फिट तल झर्‍यो

४ दिन अगाडि

काठमाडौं - दक्षिण कोरियाबाट ताइवानका लागि उडेको बोइङको उडान केई १८९ टर्ब्युलेन्समा फसेको छ । उडेको केही समयमै विमान अचानक २६ हजार ९ सय फिट तल खसेपछि आकस्मिक अवतरण गर्नुपरेको थियो ।

सो बेलामा धेरै यात्रूहरूलाई सास फेर्न गाह्रो हुने र कान दुखेको थियो । विमानका चालक दलका सदस्यहरूले यात्रूहरूलाई अक्सिजन मास्क लगाउन आग्रह गरेका थिए ।ब्रिटिस मिडिया हाउस इन्डिपेन्डेन्टको रिपोर्टका अनुसार उक्त उडान दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार शनिबार साँझ ४ः४५ बजे उडेको थियो । उडान भरेको ५० मिनेटमै प्राविधिक त्रूटि फेला परेको थियो । जसका कारण १५ मिनेटमै उडान २६ हजार ९ सय फिट तलसम्म आएको थियो ।

त्यतिबेला यो दक्षिण कोरियाको जेजु टापुमा थियो । त्यसपछि विमानको प्रेसर सिस्टमले प्राविधिक गडबडी भएको सङ्केत गर्‍यो, त्यसपछि उडानलाई टेकअफ भएको स्थान इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो ।विमानको उचाइ एक्कासी घट्दा १७ यात्रूलाई कान दुखेपछि अस्पताल भर्ना गरिएको छ । कोरियाली उड्डयन प्राधिकरणले उडानको प्राविधिक त्रूटिको कारण पत्ता लगाउन अनुसन्धान गर्न आदेश दिएको छ । सबै यात्रूहरूलाई १९ घण्टापछि दोस्रो उडानमा ताइपेई, ताइवान लगिएको थियो ।यसअघि मे २१ मा सिंगापुर एयरलाइन्सको विमान म्यानमारको आकाशमा एयर टर्ब्युलेन्समा फसेको थियो ।

विमानमा एक्कासी झट्का लागेर ७३ वर्षीय बेलायती यात्रूको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।उक्त विमान लण्डनबाट सिंगापुर जाँदै थियो । सिंगापुर एयरलाइन्सको बोइङ ७७७-३००इआर लन्डनबाट उडेको थियो । टेक अफ भएको १० घण्टापछि खराब मौसमका कारण म्यानमारको हवाई क्षेत्रको ३७ हजार फिटमा एयर टर्ब्युलेन्समा फसेको थियो । यस अवधिमा धेरै धक्काहरू भए । विमान ३ मिनेटमै ३७ हजार फिटको उचाइबाट ३१ हजार फिटमा ओर्लिएको थियो । धेरैजसो टर्बुलेन्स बादलमा हुनेगर्छ जहाँ हावा तलमाथि गरिरहेको हुन्छ । यो बादलविहीन अवस्थामा पनि हुन्छ । त्यसलाई देख्न सकिँदैन । त्यसैले यसको पहिचान गर्न कठिन हुन्छ । यो तीव्र गतिमा हावा लाग्दा हुन्छ, जुन ४० हजारदेखि ६० हजार फिट माथि पाइने गर्दछ ।एजेन्सी 

४ दिन अगाडि

प्रतिक्रिया