नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

४ दिन अगाडि

काठमाडौँ - नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौ संस्करण सम्पन्न भएको छ।

चार दिनसम्म मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिङस्थित एएफआई सिल्भर थिएटरमा सञ्चालन भएको महोत्सवको उद्घाटन नवीन सुब्बा निर्देशित फिल्म ुगाउँ आएको बाटोु देखाइएको थियो। फिडेल देवकोटा निर्देशित फिल्म 'द रेड सुटकेसु प्रदर्शनसँगै समापन भएको महोत्सवको अन्तिम दिन विभिन्न फिल्मलाई पुरस्कृत गरिएको थियो। महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११  देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३५ फिल्महरू प्रदर्शन गरिएको थियो।

महोत्सवको निर्णायक मण्डलको संयोजकमा नेपाली निर्देशक दीपक रौनियार र सदस्यमा नीना स्ट्रेइच, रेविका बस्तामेन्टी, माइकल ब्राउन, ल्यारी एंगेल थिए। समापन समारोहमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई उपस्थित थिए। आयोजक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले महोत्सव सातौं संस्करण उत्साहजनक रूपमा सम्पन्न भएको बताए।

विजेताको सूची ;
बेस्ट स्टुडेन्ट फिल्मस् अवशेष (रेमन्यान्ट्स)
जुरी अवार्डस् मम्
इम्पावर्डमेन्ट अवार्ड
वखरी, पाकिस्तान
डीएमभी क्लोजअप
मेरा दादु (माई ग्रान्डपा)


डकुमेन्ट्री
अडिएन्स च्वाइस– नो मोनास्ट्री नो भिलेज
उत्कृष्ट फिचर डकुमेन्ट्री: नो विन्टर होलिडेज

सर्ट फिल्म
बेस्ट सर्ट न्यारेटिभ: सनई
बेस्ट सट् इन्टरनेसनल: न्यान्गा
नेपाली पानोरमा: धे ड्रीम्स


इन्टरनेश्नल फिचर तर्फ
बेस्ट न्यारेटिभ इन्टरनेसनल: प्रभिन (इरान)

नेपाली पानोरमा: धे ड्रीम्स

४ दिन अगाडि

प्रतिक्रिया