अस्ट्रेलियन डलरको सटही दर बढ्दा अन्य दरको के छ मूल्य ?

३ दिन अगाडि

काठमाडाैं - नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार यसदिन बेलायती पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरको सटही दर बढेको छ भने जापानी येनको स्थिर रहेको छ । आज पाउन्ड १ को खरिद दर १६९ रुपियाँ र बिक्री दर १६९.७७ रुपियाँ रहेकामा हिजो भने खरिद १६८.७१ रुपियाँ र बिक्री १६९.४७ रुपियाँ थियो । 

त्यस्तै, अघिल्लो कारोबार दिन अस्ट्रेलियन डलर १ को खरिद दर ८८.५४ रुपियाँ र बिक्री ८८.९४ रुपियाँ रहेकामा यसदिन खरिद ८८.५९ रुपियाँ र बिक्री ८८.९९ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, बुधबारका लागि जापानी येन १० येन १० को खरिद दर ८.३५ र बिक्री दर ८.३९ तोकिएको छ, जुन अघिल्लो दिन पनि यही दरमा मुद्रा सटही भएको थियो । 

doller 12

३ दिन अगाडि

प्रतिक्रिया