तपाईको दैनिक आर्थिक कारोबार आज कस्तो होला? हेर्नुस् राशिफल

३ दिन अगाडि

काठमाडाैं - आज वि.सं.२०८१ साल असार महिनाको १२ गते बुधबार, आषाढ कृष्णपक्षको पञ्चमी तिथि ।

मेष
ब्यापार व्यवसायमा सफलता प्राप्त हुने छ । सेवा क्षेत्रमा रहनेहरुले पनि पेशागत जीवनमा मान सम्मान तथा पदोन्नति पाउने छन् । शेयर कारोवारबाट फाइदा मिल्ने छ ।  न्याय, प्रशासन तथा ठेक्कापट्टामा सक्रियहरुको हकमा शुभ समय रहेको छ । 

वृष 
धार्मिक गतिबिधिमा सहभागिता बढ्ने छ । धन सम्पत्तिको सहि सदुपयोग हुने छ, जसले पारिवारिक जीवनमा खुशीको वातावरण आउने छ । साझेदारीमा गरिएका कार्यहरुमा समस्याहरु देखा पर्ने छन् । शेयर कारोवारमा अत्याधिक उत्साह देखा पर्ने छ । तर धेरै महत्वाकांक्षासहित भन्दा विचार गरेर मात्र शेयर कारोवारबाट फाइदा मिल्ने छ । 

मिथुन 
शेयर बजार औसत खालको हुने छ । मनोबलमा पनि बृद्धि हुने छ तर रिस कडा हुन जाँदा मिजासपनामा भने कमि आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवन तथा ब्यापार विजनेशमा बनाइएका योजनाहरु पुरा हुन अलि समय लाग्ने छ अर्थात ढिलाई हुने छ । श

कर्कट
कर्मशिलतामा निकै बृद्धि हुँदा कार्यसफलता मिल्ने छ । पेशा, ब्यापार विजनेशमा बृद्धि हुने छ । सम्मानित हुने अवसर प्राप्त हुने छ । जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुको आम्दानी बढ्ने छ । शेयर क्षेत्रबाट भने लाभ मिल्ने छैन् । 

सिंह
धेरैको विरोधको बाबजुद पनि दृढतासाथ अघि बढ्न सक्ने तागत प्राप्त हुने छ । भाग्यले साथ दिने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । धन धान्य तथा फाइनान्सियल अवस्थामा बृद्धि हुने छ । आफ्नो मेहनतबाट सन्तोष मिल्ने छ । साझेदारीमा गरिएका कार्यहरुमा उल्झन आउने छन् । 

कन्या
काम प्रति जिम्मेबार बन्दा बन्दै पनि कर्मशिलतामा केही कमि देखिने छ । कार्यालय तथा ब्यवसायमा प्राप्त जिम्मेबारी राम्रोसँग निभाउन नसक्दा विश्वासमा कमि आउने छ । आफू भन्दा माथिका हाकिमहरुसँग बादविवाद बढ्न पुग्ने भएकाले संयमित रहँदा उपयुक्त हुने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

तुला 
पारीवारिक जीवनमा तनाबले व्यक्तिगत जीवनमा पनि निकै असर पुर्याउने छ । पैतृक सम्पत्तिका विषयलाई लिएर मनमुटाब बढ्ने छ ।शेयर कारोवारमा गुमाउनु पर्ने छ । 

वृश्चिक
मनमा असाध्यै नकारात्मक विचारहरु एकपछि अर्को आइरहने छन् । अन्योलता बढ्न जाँदा दुविधात्मक ब्यक्तित्व देखा पर्ने छ । पेशागत जीवन तथा ब्यापार ब्यवसायमा समस्या आउने भएकाले निकै सतर्क रहनु पर्नेछ । ग
धनु
साहसी प्रकृतिको व्यक्तित्व बन्दा बौद्धिकता छायाँमा पर्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । भाग्यको साथ रहने भएकाले उन्नति प्रगति हुन पुग्ने छ । पैतृक सम्पत्तिका विषयमा देखा परेका विवाद,शेयर बजारबाट फाइदा मिल्ने छ । 

मकर 
पेशागत जीवनमा जबर्जस्ती बादबिबादमा तानिनु पर्ने छ । सेवा क्षेत्रमा संलग्नहरुलाई फाईदा पुग्ने छ । विज्ञान, सूचना, प्रविधि तथा सर्जिकल क्षेत्रमा संलग्न व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ । परिवारमा सौहार्दपूर्ण वातावरण हुने हुँदा जीवनमा ठुलो आडभरोषा प्राप्त हुने छ । शेयर बजारमा धेरै जोखिमपूर्ण कदम चाल्ने समय देखिँदैन । 

कुम्भ 
 जीवनसाथिको साथले मेहनत र पराक्रमी बन्न प्रेरित गर्ने छ । धर्म अध्यात्म, प्रेस, पब्लिकेशन, पत्रकारिता, विद्यालय, कलेज आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ प्राप्त हुने छ ।  निर्णय क्षमतामा कमि आउने हुँदा शेयर कारोवारबाट फाइदा मिल्ने छ । 

मीन
परिवारमा कलह मच्चिने छ । पेशागत जीवनमा समस्याहरुको चक्र देखिने छ । मेहनतको कदर हुने छैन, मेहनत खेर जाने छ । यस्तो अवस्थाले गर्दा मनमा निराशा उत्पन्न गराउने छ । रोग व्याधीले च्याप्दा अस्पतालजन्य खर्च बढ्न जाने छ । शेयर बजार औसर रहने छ ।

३ दिन अगाडि

प्रतिक्रिया