सांग्रिला डेभलपमेन्ट बैंक संस्थापक शेयर बिक्रीमा

३ दिन अगाडि

काठमाडाैं - सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी उमेशकुमार मुडभरीको नाममा रहेको सात हजार ६४२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

हाललाई यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।  शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित आजका मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटार काठमाडौंमा आफूले के कति कित्ता खरिद गर्न चाहेको हो सोको विवरण खुलाई निवेदन दिनुपर्नेछ ।  तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनबमोजिम सो शेयर अन्य व्यक्तिलाई बिक्रीवितरण गरिने बैंकले जनाएको छ । 

३ दिन अगाडि

प्रतिक्रिया