कालिमाटीमा तरकारी : यि तरकारीको मूल्य आज सस्तो ?

३ दिन अगाडि

काठमाडाैं- कालिमाटी फलफूल तथा तरकारी बजारमा आज फर्सी, भिन्डी र च्याउको मूल्य घटेको छ ।  यसदिन हरियो फर्सीको मूल्य प्रतिकिलो २८ र पाकेको फर्सी ३३ रुपियाँ निर्धारण गरिएको छ । हिजो भने क्रमशः ३५ र ४० रुपियाँमा कारोबार भएको थियो । 

त्यस्तै, अघिल्लो दिन ६५ रुपियाँ रहेको भिन्डी आज ५६ रुपियाँ रहेको छ । हिजोको तुलनामा ९ रुपियाँ घटेको हो । कालिमाटीमा बुधबार कन्य च्याउ प्रतिकिलो  १८० रुपियाँ र डल्ले च्याउ २८४ रुपियाँ तोकिएको छ । मंगलबार भने क्रमशः १९६ रुपियाँ र २९६ रुपियाँ थियो । 

takrakriko price

३ दिन अगाडि

प्रतिक्रिया