चिनियाँ अन्तरिक्ष अभियानको उल्लेखनीय सफलता

३ दिन अगाडि

काठमाडौं –चीनको अन्तरिक्ष अभियानले नयाँ फड्को मारेको छ ।  चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमूना लिएर पृथ्वीमा ओर्लिएको छ । मानवरहित चिनियाँ चन्द्रयान चांग ई–६ चन्द्रमाको सतहको नमूना लिएर चीनको भित्री मंगोलियाको मरुभूमिमा हिजो अवतरण भएको हो ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले मिसन पूर्ण रूपमा सफल भएको जनाएको छ । उक्त सफलतामा राष्ट्रपति सी चिनफिङले बधाइ दिँदै ब्रम्हाण्डका बारेमा थप खोज गर्न पनि चिनियाँ वैज्ञानिकहरूलाई आग्रह गरेका छन् ।


चन्द्रमामाको अनकन्टार क्षेत्रमा यान पठाउने चीन एक्लो मुलुक बनेको छ । चन्द्रमाको उक्त भागमा हिउँ हुनसक्ने आशंका गरिँदै आएको छ । चिनियाँ यानले ल्याएको सतहको नमूनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने बताइएको छ । उक्त यान गत मे महिनाको पहिलो साता चीनको हेनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।

तस्बिर :सिन्ह्वा

३ दिन अगाडि

प्रतिक्रिया