नेपाल आइडलका विजेता करणलाई प्रधानमन्त्रीले दिए गितार उपहार

३ दिन अगाडि

काठमाडौं– प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडल सीजन ५ का विजेता करण परियारलाई वधाइ ज्ञापन गरेका छन् ।बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा परियारलाई निम्त्याएर प्रधानमन्त्रीले वधाइ ज्ञापन गरेका छन् ।

‘बच्चैदेखि गाउन थालेको हो रु’, प्रधानमन्त्रीले गायक परियारलाई वधाइ दिँदै भने– ‘हेर्दा खेरी धेरै नै प्रगति हुने सम्भावना देखिएको छ । मैले सुनेको छु गीतहरु । उमेर छ, अझै राम्रो गर्नु, धेरै धेरै वधाइ छ ।’ त्यसक्रममा प्रधानमन्त्री दाहाललले गायक परियारलाई उपहारको रुपमा एउटा गिटारसमेत प्रदान गरेका छन् । 

‘संघर्ष त मैले पहिलादेखि नै गर्दै आएको थिएँ, प्रधानमन्त्रीबाट सरप्राइज गिफ्ट पाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै गायक परियारले भने– ‘अहिले आएर दर्शकहरुको भोटका कारण नेपाल आइडल सीजनको उपाधि जित्न सफल भएँ । प्रधानमन्त्री ज्यूले पनि हाम्रो प्रस्तुति हुर्न भएको रहेछ । आज उहाँले आफ्नो निवासमा मलाई बोलाएर सरप्राइज दिनु भयो । म असाध्यै खुशी छु । म उहाँलाई मनैदेखि धन्यवाद दिन चाहन्छु ।’

३ दिन अगाडि

प्रतिक्रिया