क्रिकेटर अनिल साहलाई गृह नगर कलैयाले गर्‍यो सम्मान

३ दिन अगाडि

काठमाडौँ-  नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृह नगर कलैया उपमहानगरपालिकाले एक समारोह बिच सम्मान गरेको छ । शाहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदान समेत गरेको छ ।

उपमहानगरपालिकाका मेयर बिनोद साहले पुर्व घोषणा अनुसार टी– २० विश्वकमपा नेपाली राष्ट्रीय टोलीमा सहभागि कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हसतान्तरण गरेका हुन् । कलैयामा जारी नगरसभामा खेलाडी साहलाई मेयर साह र  नगर खेलकुद बिकाश समितीका संयोजक महमद समिउल्लाहले संयुक्त रुपमा खाँदा ओढाएर कदरपत्र बाट सम्मानित गरेका थिए ।

३ दिन अगाडि

प्रतिक्रिया