बीआरआई मा किन जुटेन सहमति ?

३ दिन अगाडि

 काठमाडौं– बहुचर्चित बीआरआई परियोजनामा यस पछक पनि सहमति जुट्न सकेन ।  चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमण पुरा गरेर फर्किएका छन् । उनको भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई अघि बढाउन आवश्यक कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर हुन सकेन ।

सोमबार नेपाल आएका चिनियाँ उपविदेशमन्त्री वेइडोङले स्वदेश फर्किनु अघि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए । परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यान्वयन योजना दस्तावेजबारे छलफल भए पनि सहमति जुट्न सकेन ।

केही विषयमा थप छलफल गर्नुपर्ने देखिएकाले दस्तावेजले अन्तिम रुप पाउन नसकेको स्रोतले बतायो ।

नेपालले १२ मे २०१७ मा बीआरआईमा हस्ताक्षर गरेको थियो । तर अहिलेसम्म कुनै पनि परियोजना ल्याएको छैन ।

३ दिन अगाडि

प्रतिक्रिया