फलफूलका बिरुवा रोप्दा किसानलाई ५० अनुदान

३ दिन अगाडि

काठमाडौँ-  फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई ५० अनुदान दिने भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटमा एउटै जातका २५ बिरुवा रोप्ने किसानलाई रु ५० अनुदान दिने व्यवस्था गरिएको हो । अनुदान पाउन किसानले न्यूनतम २५ फलफूलका बिरुवा हुर्काएको हुनैपर्ने गाउँपालिकाले जनाएको छ ।  कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई प्रशोधन गरी कृषकलाई उच्च लाभ हासिल गर्न प्रशोधन केन्द्र स्थापना, उद्यमी, उद्यमी समूह र सहकारी संस्थालाई विशेष अनुदानको व्यवस्था गरिएको हो । 

३ दिन अगाडि

प्रतिक्रिया