प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मुल्य

४ दिन अगाडि

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार १०० कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ७८० रुपैयाँ कायम भएको छ । बुधवार १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार भने सामान्य गिरावट आएको हो ।

४ दिन अगाडि

प्रतिक्रिया