उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल राई

३ दिन अगाडि

काठमाडौँ - चर्चित गायक राजेशपायल राईले मापसे गरी झगडा गरेपछिलाई उड्नै लागेको जहाजबाट फर्काइएको छ । 

दुबई जान लागेका गायक राईले  अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उनलाई फर्काइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले जानकारी दिए।

एक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका थिए । विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि राईलाई  प्रहरीको जिम्मा लगाइएको बताइएको छ । 

३ दिन अगाडि

प्रतिक्रिया