जीएसीको एययूभी ईभी नेपालमा सार्वजनिक

४ दिन अगाडि

काठमाडौं - उत्कृष्ट गुणस्तरको नम्बर वान चिनयाँ ब्राण्ड जीएसी मोटर्सको उत्पादन एययूभी ईभी ‘आइअन–वाई’ नेपालमा सार्वजनिक गरिएको छ ।

विश्वव्यापी अटोमोबाइल उत्कृष्टताको अग्रणी ब्राण्ड जस्एसीको उत्पादन ‘आइअन–वाई’लाई चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेपाल भित्र्याएको हो । उच्च गुणस्तर, नवप्रवर्तन र अत्याधुनिक प्रविधिका लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो नयाँ ‘आइअन–वाई’ नेपाल प्रवेश गरेसँगै ईभीको नयाँ अनुभव दिलाउँदै ग्राहकको मन जित्ने विश्वास गरिएको छ जीएसी मोटर्स चीनको अटोमोबाइल ब्राण्ड गुणस्तर र्याङ्किङमा नम्बर १ मानिएको छ भने अनुसन्धान, विकास र प्रविधिमा संसारभर प्रसिद्ध रहेको छ ।

यो ब्राण्डले यूएईमा ‘उत्तम चिनियाँ अटोमोबाइल ब्राण्ड’ र नाइजेरियामा ‘अटोमोबाइल इन्टरप्राइज अपÞm द इयर’ जस्ता धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेर आफ्नो प्रतिष्ठा स्थापित गरेको छ । अब, जीएसी मोटर्सले आइअन–वाईमार्फत नेपाली बजारमा ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउने कम्पनीको विश्वास छ । साथै, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर नेपाली ग्राहकहरूको मन जित्ने पनि कम्पनीले बताएको छ ।


 

४ दिन अगाडि

प्रतिक्रिया