अटोकर्पद्वारा सेरेस ३ को अपग्रेडेड भर्सन सार्वजनिक

४ दिन अगाडि

काठमाडौँ - नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ को अपग्रेडेड भर्सन सार्वजनिक गरेको छ ।  कम्फर्ट र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध हुने सेरेस थ्रीको मूल्य ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

बजेटले केही कर वृद्धि गरेको भए पनि एमएडब्लु वृद्धिले अपग्रेडेड भर्सनलाई पनि पहिलेकै मूल्यमा उपलब्ध गराएको हो । नयाँ सेरेस थ्रीको फ्रन्ट फेसियामा परिमार्जन गरिएको छ भने एलईडी डीआरएल र सेरेसको ब्याच उपलब्ध छ ।गाडी लन्चिङ कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली बजारमा पहिले देखि नै तीन सय भन्दा बढी सेरेस गाडी गुडिरहेका बताउदै नेपाली ग्राहकलाई बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराउने कुरामा कम्पनी प्रतिबद्ध रहेको बताए । सेरेस ३ विद्युतीय सवारी साधनमा मात्र सीमित नभई लक्जरी, पावर र अन–रोड तथा अफ–रोड दुवै सडकमा आफ्नो क्षमताको प्रतिनिधित्व गर्छ ।

९९ किलोवाटको मोटर पिक पावर र ५२।७ किलोवाट आवरको ब्याट्रीसँग यसले ४०५ किमी ९एनईडीसी० को उल्लेखनीय रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस ३ ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम प्रदान गर्छ । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, एचडी गुणस्तरको ३६० डिग्री क्यामेरा, ड्यासक्याम, र एन्ड्रोइड अटो तथा एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएसले यसलाई थप प्रविधियुक्त गाडी बनाउँछ।

१८ इन्च टायर साइज र १९० एमएमको ग्राउन्ड क्लियेरेन्सले स्थिरताको सुनिश्चित गर्दछ। गाडीले भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि ३ वटा स्टेयरिङ मोड प्रदान गरेको छ। साथसाथै इमर्जेन्सी अवस्थाको लागि अतिरिक्त टायरको पनि व्यवस्था गरेको छ। १०।२५ इन्चको जडान गरिएको इन्फोटेनमेन्ट स्क्रिन र ड्राइभर इन्फोटेनंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दछ। यसको अफरोड क्षमताका कारण यो समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाईमा रहेको कोरला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी बनेको थियो । यसबाट सेरेस ३ नेपालको चुनौतीपूर्ण भूबनोटका लागि सुहाउँदो छ भन्ने पुष्टि भएको कम्पनीको भनाइ छ ।

४ दिन अगाडि

प्रतिक्रिया