सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

४ दिन अगाडि

काठमाडौँ - सानिमा बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी बद्री प्रसाद पाण्डेको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य १ सय ४५ रुपैयाँ तोकिएको छ । उक्त सेयरमा आवेदन दिदाँ न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ । सेयर संस्थापक सेयरधनीहरुबाट खरिद पछि कम्पनीले अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाएको सूचनामा उल्लेख गरेको छ । सेयर खरिदको लागि अन्य व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणचौ नक्साल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

 

४ दिन अगाडि

प्रतिक्रिया