मनाङमा ३९ जनाले परीक्षा दिएकोमा ३२ जना अनुत्तीर्ण

३ दिन अगाडि

काठमाडौँ - हिमाली जिल्ला मनाङमा ३९ जनाले परीक्षा दिएकोमा ३२ जना अनुत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख सुदीप गिरीका अनुसार ७ जनामात्रै उत्तीर्ण भएका हुन् । 

७ जनामध्ये सदरमुकाम चामेमा रहेको लोकप्रिय माविबाट एसईई दिएका जयराम थापाले सबैभन्दा बढी ३।३९ जीपीए ल्याएका छन् । लोकप्रियबाट १७ जनाले एसईई दिएकोमा थापासहित ४ जना उत्तीर्ण भएका छन् । लोकप्रिय खुलाबाट ३ जनाले एसईई दिएकामा ३ जना नै अनुत्तीर्ण भएका छन् ।

तल्लो मनाङस्थित नासों गाउँपालिकामा रहेको प्रकाशज्योति माविबाट १९ जनाले एसईई दिएकामा ३ जनामात्रै उत्तीर्ण भएका छन् । माथिल्लो मनाङस्थित अन्नपूर्ण माविबाट १ जनाले एसईई दिएकोमा १ जना पनि अनुत्तीर्ण भएका छन् । 

३ दिन अगाडि

प्रतिक्रिया