आज मदन भण्डारीको ७३औँ जन्मजयन्ती

२ दिन अगाडि

काठमाडौं – मदन भण्डारी फाउन्डेसनको आयोजनामा आज नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको  ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरिएको छ ।

विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा नेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो । जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहेका थिए ।
एमालेकै नेतृत्वमा पटक पटक सरकार बने पनि उक्त हत्याकाण्ढको रहष्य पत्ता लगाउनेतर्फ सरकारले चासो दिएन । यस बीचमा मदनकी श्रीमती विद्या भण्डारी पनि राष्टपति बनिन । तर हत्यको छानविन गरी घटनाको सत्यतथ्य पत्ता लगाउने प्रयास भएन ।  

२ दिन अगाडि

प्रतिक्रिया