भोली ग्रामीण विकास लघुवित्तको साधारणसभा

३ दिन अगाडि

काठमाडौँ - ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा  असार १५ गते बोलाएको छ । संस्थाको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा असार १५ लाई बोलाएको हो। 

सभा बुटवलमा रहेको संस्थाको प्रधान कार्यालयमा बिहान ११ बजेलाई आवहान भएको छ। विशेष प्रस्तावको रुपमा सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्नेरगाभिने वा प्राप्तिका लागि मर्जर समिति गठन गर्ने र प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको निर्देशन लगायत अन्य कारणले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एंव परिवर्तन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने तय भएको छ। 

यस्तै,सभामा आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०\८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ।   

३ दिन अगाडि

प्रतिक्रिया