टेक तामाङको शब्दमा प्रह्लाद तिमिल्सिनाको ‘एउटा जून’

३ दिन अगाडि

काठमाडौं - नेपाली फिल्मको पार्श्व गायनका अब्बल मानिएका गायक प्रह्लाद तिमिल्सिना आफ्नो बिल्कुलै नयाँ गीत ‘एउटा जून... मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

सुगम संगीतमा आधारित यो कर्णप्रिय गीतलाई सिद्धहस्त संगीतकार आलोकश्रीले संगीतबद्ध गरेका छन् । वरिष्ठ गीतकार टेक तामाङले यी गीतका मर्मस्पर्शी शब्दहरु रचना गरेका हुन् । गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ । सुशिल विक्रम शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

गायक तिमिल्सिनाकै आधिकारिक यूट्युब च्यानल प्रह्लाद तिमिल्सिनामार्फत सार्वजनिक भएको यो गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । सुव्रत आचार्यद्वारा निर्देशित यो गीतको भिडियोमा जया शर्मा क्रिएटिभ डाइरेक्टरको रुपमा रहेकी छिन् ।

भिडियोमा ऋचा थापा तथा प्रतात पाल ठकुरीको जोडीलाई फिचर गरिएको छ । उत्सव दाहालद्वारा छायांकन गरिएको यो भिडियोमा विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन रहेको छ । भिडियोको पोष्टर समेत खड्काले नै डिजाइन गरेका हुन् । दिपेन गौतम माइकलको प्रोडक्सन डिजाइनमा तयार भएको भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई सरस्वती श्रेष्ठले मेकअप गरेकी छिन् ।

 

३ दिन अगाडि

प्रतिक्रिया