नबिल बैंकको  ‘नबिल ज्येष्ठ बचत खाता’ सञ्चचालनमा

३ दिन अगाडि

काठमाडौं - नबिल बैंक लिमिटेडले ‘नबिल ज्येष्ठ बचत खाता’ सञ्चचालनमा ल्याएको छ । तीन वटा बीमा सुविधासहित बचत खाता सञ्चालनमा ल्याएको नबिल बैंकले जनाएको छ ।

यस खातामा आबद्ध हुने ग्राहकले १३ घातक रोग औषधोपचार बीमा बापत तीन लाख रुपैयाँ, मृत्यु बीमा बापत ७५ हजार रुपैयाँ र प्राणघातक रोगको कारण मृत्यु बीमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउने बैंकले जनाएको छ ।

स्विफ्ट ट्रान्सफररडिमान्ड ड्राफ्टमा ५० प्रतिशत छुट उपलब्ध हुने बैंकले जनाएको छ । त्यसैगरी यस खातामा निःशुल्क मोबाइल बैंकिङको सुविधा पाउन सकिने छ । लक्करको सुविधा पनि रहेको यस खातामा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । ३.१५ प्रतिशतको ब्याजदर रहेको नबिल ज्येष्ठ बचत खाता निशुल्क खोल्न सकिन्छ ।
 

३ दिन अगाडि

प्रतिक्रिया