एन आई सी एशिया लघुवित्तको सञ्चालकमा शर्मा नियुक्त

२ दिन अगाडि

काठमाडौँ - एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा प्रकाश राज शमालाई सर्वसाधारण समूहको तर्पmबाट प्रतिनिधित्व हुने सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको छ । 

साथै सोही सञ्चालक समितिको बैठकबाट श्री प्रकाश राज शर्मालाई सर्वसम्मतिका साथ अध्यक्षको पदमा समेत चयन गरिएको छ । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष समेत भईसकेका श्री प्रकाश राज शर्माज्यूको कृषि क्षेत्र, विभिन्न लघुवित्त एवं बैंक तथा वित्तीय क्षेत्रमा करिब ४२ वर्षको कार्यानुभव रहेको छ । उनले व्यवसाय प्रशासन विषयमा स्नाकोत्तर तथा कृषि विज्ञान विषयमा स्नातकको उपाधी हासिल गरेका छन्  । लघुवित्त क्षेत्रमा लामो समयको अनुभव रहेको हुँदा उनको नेतृत्वमा संस्थाले नयाँ उचाई हासिल गर्ने संस्थाको विश्वास रहेको छ । 
 

२ दिन अगाडि

प्रतिक्रिया