सुन्दर हमालको लोक गीत ‘तातो पानी ’ सार्वजनिक

२ दिन अगाडि

काठमाडौँ - सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ ।

डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि क्षेत्रीले गरेका हुन् । अजय रेग्मीको छायाङ्कन र अमृत चापागाईको सम्पादन भिडियोमा छ । सुन्दरको यस अगाडि सुन ठिटा हो , पारी ठुली भिर , उखुमै भयो नी लगायतका दजनौं गीत चर्चामा रहेका थिए ।

 

 

 

 

२ दिन अगाडि

प्रतिक्रिया