बाढीले बगायो ५ भारतीय सैनिक

२ दिन अगाडि

काठमाडौँ - लद्दाखको वास्तविक नियन्त्रण रेखा नजिकै आएको बाढीमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ। सेना अधिकारीका अनुसार यो दुर्घटना लद्दाखनजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको हो।

भारतका रक्षामन्त्री राजनाथ सिंहले पाँच सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन्। उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘हाम्रा बहादुर सिपाहीहरूले देशका लागि गरेको अनुकरणीय सेवालाई हामी कहिल्यै बिर्सने छैनौँ। यस दुस्खद घडीमा ती सैनिकका परिवारका साथमा उभिने छौँ। यो घडीमा सिंगो देश उनीहरूको साथमा छ।


 

२ दिन अगाडि

प्रतिक्रिया