राजपुर गाउँपालिकाबाट एसइईमा एकजना उत्तीर्ण

२ दिन अगाडि

काठमाडौँ - दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षामा एकजना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । 

पालिकाभित्र रहेका आठवटा माध्यमिक विद्यालयका २५० जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा एकजना मात्रै उत्तीर्ण भएका हुन् ।  साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । उनले ‘वि प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी भएका थिए ।  

सोही पालिकाबाट जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६ , शंकर मावि खरदरियाबाट ४५ ,   माध्यमिक विद्यालय दुलैयाबाट नौ, बालकल्याण मावि खंग्रानाकाबाट १० जना एसईई परीक्षा सहभागी भएका थिए । माध्यमिक विद्यालय सिक्टाबाट ३०,  गौरीशंकरर मावि भैसाहीनाकाबाट नौ जना, शिवशक्ति मावि भौवानाकाबाट ६ जनाले एसईई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ । 


 

२ दिन अगाडि

प्रतिक्रिया