नख्खु खोलामा बन्यो पक्की पुल

२ दिन अगाडि

काठमाडौँ - ललितपुर महानगरपालिकाले आफ्नै लगानीमा वडा नम्बर २२ र २७ लाई जोड्ने नख्खु खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण गरेको छ । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले आज ५ करोड ७५ लाख ९२ हजार छ सय २७ को लागतमा सम्पन्न पुलको उद्‌घाटन गरेका हुन् । त्यस अवसरमा उनले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै निर्धारित समयभन्दा पाँच महिनाअघि नै समाप्त भएको बताए । ​महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले पुलबाट धापाखेल र ठेचोवासी प्रत्यक्ष लाभान्वित हुने बताइन् । 

कृषक, शिक्षक, विद्यार्थीलाई विशेष लाभ मिल्नेछ, यसले आर्थिक– सामाजिक रूपमा स्थानीयलाई समृद्ध बनाउन सघाउने छ, 'उनले भनिन् । कार्यक्रममा वडा नम्बर २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नम्बर २६ का अध्यक्ष सुरेश महर्जन र वडा नम्बर २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणामस्वरूप निर्धारित समय अगावै पुल सम्पन्न भएको बताए । उनीहरूले निर्माण कम्पनीको लगन र इमानदारीप्रति आभार व्यक्त गरे ।
 

२ दिन अगाडि

प्रतिक्रिया