बस पल्टिँदा एकको मृत्यु, दश घाइते

२ दिन अगाडि

काठमाडौँ - रौतहटमा यात्रुबाहक बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ । सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर जाँदै गरेको ना. ७ ख . ८४१४ नम्बरको यात्रुबाहक बस जयनगर चोकमा अनियन्त्रित भई पल्टिँद दश जना घाइते भएका हुन् । 

बस पल्टिएर माधवनारायण नगरपालिका–३ भेलही गाउँकी १८ वर्षीय नेहा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परोहा नपा–३ तेजापाकडका देवंश कुमार दास, गौर नपा–४ का राकेश चन्द्रवंशी घाइते भएका छन् । यसैगरी सोही स्थानकी वर्ष ५ कि शिवानीकुमारी तथा वर्ष १ कि मधुकुमारी पनि घाइते भएका छन् । 

बिहारको मधुवनी बासोपटिका ४७ वर्षिय अविनाश झा उनकी पत्नी निकी झा, र ६५ वर्षिय सुधाना झा घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिईन् ।  उनका अनुसार चालक फरार रहेको र खोजी कार्य भइरहेको छ । 

२ दिन अगाडि

प्रतिक्रिया