झापामा दुर्घटनामा परि २ वर्षीया बालिकाको मृत्यु

२ दिन अगाडि

काठमाडौँ - झापाको दमकमा  २ बर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार अपराह्न भएको सवारी दुर्घटनामा आमाछोरी घाइते भएकोमा २ बर्षीया छोरीको मृत्यु भएको छ ।

दमक नगरपालिका–१ बरगाछीमा मे. १ ह ६४०९ नम्बरको सिटी सफारीले पैदल हिँडिरहनु भएकी काठमाडौँ घर भई हाल दमक १ मा डेरा गरी बस्ने २४ वर्षीया शर्मिला लिम्बू ९मगर० र उनकी २ बर्षीया छोरी आरुसी मगरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सफारीको ठक्करबाट घाइते आमाछोरी दुवैलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएको थियो । उपचारको क्रममा नै घाइते बालिका आरुसीको मृत्यु भएको र आमा शर्मिलाको उपचार भइरहेको  । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले बताए । 
 

२ दिन अगाडि

प्रतिक्रिया