आज आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल

२ दिन अगाडि

काठमाडौं - आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को आज फाइनल खेल हुँदैछ । नेपाली समयअनुसार ८ः१५ मा हुने फाइनल खेल इण्डिया र दक्षिण अफ्रिकाबीच हुँदैछ । 

बार्बाडोसमा हुने खेल जित्न सके इण्डिया दोस्रो पटक र दक्षिण अफ्रिका पहिलो पटक विश्वकप च्याम्पियन बन्नेछ । सशक्त टोली इण्डियालाई हराएर इतिहास बनाउने दक्षिण  अफ्रिकाको लागि महत्वपूर्ण अवसर आएको छ । इण्डियाका लागि म्याप्टेन रोहित शर्मा पिल्लरको रुपमा रहेका छन्,  जो दक्षिण अफ्रिकाका लागि चुनौति हुन् । यता दक्षिण अफ्रिका तीव्र गतिका बलिङ अलराउण्डर मार्को यानसन भारतलाई चुनौति बन्नसक्छन् ।

उनकै कारण सेमिफाइनलमा अफगानिस्तान ५६ रनमा अल आउट भएको थियो । यानसनले उक्त खेलमा तीन विकेट लिएका थिए । आजको खेलमा भारतका तीव्र गतिका बलर जस्प्रित बुमराह, दक्षिण अफ्रिका मध्यक्रमका ब्याटर हेनरिक क्लासेनको भूमिका पनि अर्थपूर्ण हुनसक्छ । 

२ दिन अगाडि

प्रतिक्रिया