बागमती प्रदेशले जित्यो यू–१९ महिला भलिबल च्याम्पियनसिपको उपाधि

२ दिन अगाडि

काठमाडौं - यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिलातर्फ बागमती प्रदेशले उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।बागमतीले लुम्बिनीलाई पहिलो सेटमा २५–२१, दोस्रोमा २५–१६ र तेस्रो सेटमा २५–१८ ले हरायो । यससँगै बागमतीले तीन लाख रुपैयाँ पनि प्राप्त गरेको छ । उपविजेता लुम्बिनीले भने दुई लाख रुपैयाँमा प्राप्त गर्‍यो ।
 

२ दिन अगाडि

प्रतिक्रिया