११ महिनामा साढे ७ अर्ब भन्दा बढीको अलैँची  निर्यात

२ दिन अगाडि

काठमाडौँ - नेपालबाट ११ महिनाको अवधिमा साढे ७ अर्ब रुपैयाँभन्दा बढीको अलैँची  निर्यात भएको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालू वर्ष २०८०\८१ को साउनदेखि जेठसम्म ७ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको अलैँची निर्यात भएको हो । यस अवधिमा नेपालबाट ४७ लाख २० हजार किलोग्राम अलैँची निर्यात भएको तथ्याङ्क छ । नेपालबाट निर्यात भएको अलैँची सबैभन्दा धेरै भारत जाने गरेको छ । भारतमा ७ अर्ब ४७ करोड २५ लाख रुपैयाँको अलैँची निर्यात भएको छ ।

यसबाहेक पाकिस्तानमा ११ लाख रुपैयाँको निर्यात हुँदा जापानमा २७ लाख ८१ हजार रुपैयाँको अलैँची निर्यात भएको तथ्याङ्क छ । यस्तै यस अवधिमा विदेशबाट साढे २ लाख रुपैयाँ बराबरको ठुलो अलैँची आयात भएको छ । यस्तै यस अवधिमा १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सानो अलैँची ९सुकुमेल० आयात भएको तथ्याङ्क छ ।
 

२ दिन अगाडि

प्रतिक्रिया