एसईईमा फेल भएपछि दुई विद्यार्थीले गरे आत्महत्या

२ दिन अगाडि

काठमाडौँ - माध्यमिक शिक्षा परीक्षा (एसईई)मा फेल भएपछि दुई विद्यार्थीले आत्महत्या गरेका छन्। दोलखा र संखुवासभाका दुई विद्यार्थीले एसईई परिक्षामा फेल भएको भन्दै झुन्डिएर आत्महत्या गरेका हुन्।

दोलखाको गौरीशंकर गाउँपालिका- २ को नीलकण्ठेश्वर माविबाट एसईई परीक्षामा दिएकी १६ वर्षीया जेनिशा बुढाथोकीले सुसाइड नोट लेखेर बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार जेनिशाले सुसाइट नोटमा अभिभावकलाई सम्बोधन गर्दै परीक्षा बिग्रिएकै कारण आफूले आत्महत्याको बाटो रोज्न बाध्य भएको बताएकी छन्।

त्यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका(३ का आशिष घिमिरेले पनि परिक्षामा राम्रो नतिजा नआएको भन्दै आफ्नै कोठामा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनायो।
 

२ दिन अगाडि

प्रतिक्रिया