ग्रान्डीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

२ दिन अगाडि

काठमाडौँ - टोखा नगरपालिका- ३ ग्राण्डी टावरभित्र रहेको स्वमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । 

सोही ठाउँ बस्ने ५६ वर्षीय मदन कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको हो ।  स्विमिङ गर्ने क्रममा डुबेर अशक्त भएका उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

२ दिन अगाडि

प्रतिक्रिया