चार उत्कृष्ट किसान पुरस्कृत

२ दिन अगाडि

काठमाडौँ - बागलुङका चार उत्कृष्ट कृषक पुरस्कृत भएका छन् । २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा जिल्लास्तरमै कृषिको माध्यमबाट पहिचान बनाउन सफल चार किसानलाई  रु दश र दश हजार नगदसहित पुरस्कृत गरिएको  छ । 

सुन्तला खेतीतर्फ बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्का, तरकारी खेतीतर्फ बागलुङ नगरपालिका–९ तित्याङका पदमबहादुर खत्री, स्याउ र आलु खेतीतर्फ ढोरपाटन–९ स्थित उत्तरगङ्गा अर्गानिक एग्रोका चिरनकुमार घर्ती र  बागलुङ नगरपालिका–१२ स्थित कालीगण्डकी दुग्ध उत्पादक सहकारीका कृष्णप्रसाद लामिछानेलाई सम्मान गरिएको हो। तरकारी, फलफूल र दूधलगायत उत्पादनको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने पुरस्कृत किसानहरूको भनाइ छ । सुन्तला खेतीबाट एक वर्षमा रु पाँच लाख आम्दानी गर्दै आएका अनन्तबहादुर खड्काले पनि उचित मूल्य र बजारीकरणमा रहेका समस्या समाधानमा सरकारले सहजीकरण गरे थप सहज हुने बताए।

२ दिन अगाडि

प्रतिक्रिया