भारतले जित्यो टी२०बिश्वकप,१७ बर्षको खडेरी तोडियो

३ दिन अगाडि

काठमाडौ । स्वेस्टइण्डीज र संयुक्त राज्य अमेरिकामा जारी  आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनल भारतले जितेको छ।भारतले २००७ पछिको उपाधी बिहिन यात्रालाइ तोडेको हो ।भारतले दिएको १७७रनको लक्ष्यलाइ पछ्याउने क्रममा अफ्रीकाले ८ बिकेट गुमाएको गुमाउन पुग्यो।
भारतले दक्षिण अफ्रिकासामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। 

भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। भारतको लागि विराट कोहलीले ७६ रन जोडे । उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए ।

त्यस्तै अक्षर पटेल ४७, शिवम डुबे २७, रोहित शर्मा ९, रवीन्द्र जडेजा २ र ऋषभ पन्त शून्य रनमा आउट हुँदा हार्दिक पान्ड्या ५ रनमा अविजित रहे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजा र एनरिच नोर्त्जेले २-२ तथा मार्को जान्सेन र काजिसो रबाडाले एक-एक विकेट लिए । चार ओभर बलिङ गरेका जान्सेनले सर्वाधिक ४९ रन खर्चंदा चारै ओभर बलिङ गरेका रबाडाले ३६ र नाेर्त्जेले २६ रन दिए । अफ्रीकाका क्लासिकसेनले ५२रनको योगदान गरे भने अन्य ब्यास्टम्यान चल्न सकेनन् ।

३ दिन अगाडि

प्रतिक्रिया