काउली, ब्रोकाउली लगायतका तरकारीको भाउ बढ्यो, अन्यको कति ?

३ दिन अगाडि

काठमाडौँ-  आज (आइतबार) काउली, ब्रोकाउलीलगायतका तरकारीको भाउ बढ्दा कन्य च्याउको भाउ घटेको छ । यसअघि प्रतिकेजी ६६ रुपैयाँ रहेको स्थानीय काउलीको भाउ बढेर आज ९५ रुपैयाँ पुगेको छ भने स्थानीय लोकल ज्यापु काउली ८५ रुपैयाँ रहेकोमा ९५ रुपैयाँ नै पुगेको छ । 

त्यस्तै, ब्रोकाउली प्रतिकेजी १२० रुपैयाँ तोकिएकोमा आज बढेर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ । यता, कन्य च्याउ भने प्रतिकेजी १५० रुपैयाँ रहेकोमा आज घटेर १३० रुपैयाँमा झरेको छ । 




३ दिन अगाडि

प्रतिक्रिया