आज कतिमा हुदैँछ सुन–चाँदीको कारोबार ?

३ दिन अगाडि

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । गत शुक्रबार प्रतितोला १  हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।  


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।   गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।     त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको छ ।
 

३ दिन अगाडि

प्रतिक्रिया