समुन्द्रमा भेटिएको बोतलको तरल पदार्थ पिउँदा चार जनाको मृत्यु

२ दिन अगाडि

काठमाडौँ - श्रीलंकाको समुद्रमा बोतलमा भेटिएको तरल पदार्थ पिउँदा चार जनाको मृत्यु भएको छ । घटनामा अन्य दुईजना बिरामी परेका छन् । 

उनीहरुको अवस्था गम्भिर रहेको स्थानीय मिडियाले जनाएका छन् । दक्षिणी तटीय क्षेत्रमा रहेको टांगाल्लेबाट ३२० नटिकल माइल्स टाढा उनीहरूले तरल पदार्थसहितको बोतल भेटेका थिए। श्रीलंकाको नाभीले जनाएअनुसार माछा मार्ने व्यक्तिहरूले अल्कोहल भन्ने ठानेर बोतलको तरल पदार्थ पिएका थिए ।

श्रीलंकाको सम्बद्ध मामिला हेर्ने विभागका महानिर्देशक सुशान्त खवाटे्ले कतिपय सञ्चार माध्यमसँगको कुराकानीमा ती फिसरम्यानलाई फिर्ता गर्नको लागि नाभीले प्रयास गरिरहेको छ ।अधिकारीहरूले बोतलमा भएको तरल पदार्थ के थियो भन्ने बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।एजेन्सी 

२ दिन अगाडि

प्रतिक्रिया