रिसाए चिनकाजी

१ दिन अगाडि

 काठमाडौं – बानेश्वरस्थित ल्होत्से हलमा प्रतिनिधिसभाका सभामुखदेखि सांसदहरु तथा पूर्व सांसदहरु खचाखच भरिएका थिए । मञ्चमा पूर्व सांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठ बोल्दै थिए । कार्यक्रम ६६ औं संसद दिवस थियो । तर मञ्मा एकजना पूर्व सांसद संसद सचिवालयकै कर्मचारीसित असन्तुष्टि पोखिरहेका थिए । उनले भन्दै गए,‘ यस्ता कार्यक्रमको के अर्थ छ ? किसुनजीले प्रेरणा दिएर होमराज दाहाल र म मिलेर यसको विधान बनायौं । गठन गर्ने पहल गरयौं । रामहरी जोशी बुडो मान्छे भनेर उसैलाई अध्यक्ष बनाइयो । त्यसपछि तारानाथ अनि ओमकार अघि सर्यो । हाम्रो पालो कहिलइे नआउने । जहिले पनि यिनी बुढाहरु नै हुने । फेरि पनि ओमकार नै हुने हो । ’ उनी नेपाली कांग्रेसका नेता चिनकाजी श्रेष्ठ थिए । उनीसित कुरा गर्ने कर्मचारी भन्दै थिए, भोलिको साधारणसभामा तपाई आउनुपर्छ माननीय ज्यू । तर श्रेष्ठ ‘म आउँदिन, केही काम छैन’ भन्दै बाहिरिए । 

१ दिन अगाडि

प्रतिक्रिया