सुदूरपश्चिम प्रदेशको अर्धवार्षिक आर्थिक समिक्षा प्रतिवेदन : कृषि कर्जा लिने बढे

१ दिन अगाडि

काठमाडाैं- सुदूरपश्चिम प्रदेशमा कृषि कर्जा लिनेको दर बढेको प्रतिवेदनदले देखाएको छ । राष्ट्र बैंकले  आइतबार प्रतिवेदन सार्वजनिक गर्दै यस्तो तथ्य देखाएको हो ।
२०८० पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा ८।०७ प्रतिशतले वृद्धि भई रु। १५ अर्ब ४० करोड २४ लाख पुगेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा २०।८३ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालनरपशु बधशालामा २०।३१ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम ०।००१ प्रतिशत सनपाट शीर्षकमा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १०।९५ प्रतिशत रहेको छ कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६६.३० प्रतिशत, कञ्चनपुरको २०.८७ प्रतिशत, डडेलधुरा, डोटी दार्चुला, बझाङ, अछाम, बैतडी, तथा बाजुराको अंश क्रमशः ३.४६ प्रतिशत, २.१४ प्रतिशत, १.८३ प्रतिशत, १.७५ प्रतिशत, १.५२ प्रतिशत, १.४० प्रतिशत र ०।७७ प्रतिशत रहेको छ ।

कस्तो छ बजेट कार्यान्वयनको स्थिति ?

उक्त  प्रदेशमा बजेट कार्यान्वयनको स्थिति सन्तोषजनक छैन ।आर्थिक वर्ष २०८०र८१ को अर्ध–वार्षिक अध्ययन प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशमा रहेका ८८ वटा स्थानीय तहहरुमध्ये जनसंख्याको हिसावले सबैभन्दा बढी जनसंख्या रहेका ५ वटा स्थानीय तहहरु छनौट गरी अध्ययन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा विनियोजित भएको बजेटको करीब २१।७५ प्रतिशत हिस्सा छनौटमा परेका ५ वटा स्थानीय तहहरुमा विनियोजित बजेटको रहेको छ ।

छनौटमा परेका स्थानीय तहहरुमा कुल ६ अर्ब ३६ करोड बजेट विनियोजन भएकोमा समीक्षा अवधिसम्ममा १ अर्ब ८६ करोड खर्च भएको छ । जुन कुल विनियोजित बजेटको २९।२३ प्रतिशत हुन आउँछ । यस्तो बजेट गत आर्थिक वर्षको सोही अवधिसम्म ६ अर्ब ८९ करोड विनियोजन भएकोमा ३ अर्ब १९ करोड खर्च भएको थियो । जुन कुल विनियोजित बजेटको ४६।३८ प्रतिशत हुन आउने देखिन्छ ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट बिजुली उत्पादन शुरू

सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा निर्मित हाइड्रोपावर परियोजनाबाट २०८० माघ १६ गतेबाट बिजुली उत्पादन सुरु भएको छ। उक्त आयोजनाको विद्युत् गृहबाट उत्पादित विद्युत २०७८ कार्तिक १ गतेबाट राष्ट्रिय प्रशारण लाईनमा जोडिने लक्ष्य रहेकोमा २०७८ असारमा आएको बाढीले निर्माणाधीन संरचनामा क्षति पुगेकोले २ वर्ष ढिलो निर्माणको काम सम्पन्न भएको हो ।

रानीजमराको मुल नहरको पानीबाट जानकी गाउँपालिका–९ कटाँसेमा पावर हाउस निर्माण गरी उत्पादन भएको विद्युत ६ किलोमिटर दुरीमा पर्ने लम्कीस्थित प्रसारण लाईनमा जोडिएको छ। रानी जमरा कुलरिया सिँचाइ आयोजनाको इनटेक बाँधदेखि १० किलोमिटर रहेको हाइड्रोपावरबाट ४।७१ मेगावाट बिजुली उत्पादन भइरहेको छ । 

नहरबाट करिब साढे ७ मिटर तल पानी खसालेर ३ वटा टर्वाइनबाट बिजुली उत्पादन गर्नेगरी २०७१र७२ सालमा भारतको स्युटी एण्ड नेपालको तुदी कम्पनीले संयुक्त रुपमा रु। १ अर्ब ९८ करोडमा निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

१ दिन अगाडि

प्रतिक्रिया