अन्तरवार्तामा सहभागि नभएका अधिकारीलाई धितोपत्र बोर्डको प्रशासनिक जिम्मेवारी

२ दिन अगाडि

काठमाडाैं- नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रियामा अन्तिम समयमा अन्तरवार्तामा सहभागि नभएर प्रक्रिया नै रद्द गर्ने अबस्थामा पुर्याएका  बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई कार्यकारी अध्यक्ष नरेन्द्र रानाले प्रशासनिक प्रमुखको जिम्मेवारी दिएका छन् ।

अधिकारीले बोर्डमा अन्र्तवार्ता नदिएको भन्दै चर्को आलोचन भइरहेको छ । यसअघि उनी बोर्डको प्रवक्तासमेत थिए ।सञ्चालक समितिको बैठकको अध्यक्षता भने अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरेका रानाले गर्ने छन्  । समयमा नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्त हुन नसकेपछि बोर्डको काम कारबाहीमाथि कानूनी संकट गहिरिंदै गएको छ। यसबीचमा दैनिक प्रशासनिक काम कसले गर्ने तथा ति कामबारे भोलि कहिं कतै प्रश्न उठे को जिम्मेवार हुने भन्ने प्रश्न उब्जेको थियो ।

अब भने उनै रानाको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले बोर्डको दैनिक प्रशासनिक कार्यको जिम्मा डा अधिकरीलाई दिने निर्णय गरेको हो। 

२ दिन अगाडि

प्रतिक्रिया