आज कालिमाटी :कति पुग्यो तरकारीको भाउ?

२ दिन अगाडि

काठमाडाैं - कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कन्य र डल्ले च्याउको मूल्य घटेको छ भने ब्रोकाउलीको मूल्य बढेको छ । 

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार आज कन्य च्याउको मूल्य प्रतिकिलो १०० रुपियाँ तोकिएको छ । हिजो भने १३० रुपियाँमा कारोबार भएको थियो । यो किलोमा ३० रुपियाँले घटेको हो ।  त्यस्तै डल्ले च्याउ ९६ रुपियाँ सस्तो भएको छ । आइतबार प्रतिकिलो ३१६ रुपियाँ रहेको डल्ले च्याउ यसदिन घटेर २२० रुपियाँमा सीमित भएको छ ।

त्यस्तै आजका लागि ब्रोकाउलीको भाउ १६० रुपियाँ निर्धारण गरिएको छ । अघिल्लो दिन भने १३३ रुपियाँ रहेको थियो । हिजोको तुलनामा आज २७ रुपियाँले बढेको हो । 

२ दिन अगाडि

प्रतिक्रिया