जाजरकोटमा पहिरोले घर भत्किँदा एक बालकको मृत्यु

२ दिन अगाडि

काठमाडौँ-  जाजरकोटमा पहिरोले घर भत्किँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–५, ईब्रा गाउँका ६ वर्षीय प्रिन्स विक रहेको जाजरकोट प्रहरीले जनाएको छ । 

आज बिहान घर भन्दा पछाडिबाट आएको पहिरोले घर भत्किँदा उनको मृत्यु भएको हो । प्रिन्सका बुबा रमेश विक घाइते भएका जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद सापकोटाले जानकारी दिए ।  ६ जनाको परिवार रहेको उक्त घरका बाँकी सदस्यहरू भने सकुशल छन् ।


 

२ दिन अगाडि

प्रतिक्रिया