नेपालमा भित्रियो जीएसी मोटर्स

२ दिन अगाडि

काठमाडौं-  सिजी मोटर्सले आधिकारिक बिक्रेताको रूपमा चिनिने, उत्कृष्ट चिनियाँ अटोमोबाईल ब्राण्ड, जीएसी मोटर्स नेपालमा भित्रिएको छ । विश्वभर उच्च, गुणस्तर र प्रविधिका लागि चिनिने जीएसी मोटर्सले सोही अन्तर्राष्ट्रिय स्तरको गुणस्तर नेपालमा ल्याउनका निमित्त, नयाँ ‘एयोन वाई’ नेपालको बजार उपलब्ध  गराएको छ ।

३२ भन्दा बढी देशहरूमा सफलतापूर्वक विस्तार भइसकेको जीएसी मोटर्सलाई विश्वव्यापी रूपमा अटोमोबाईल उद्योगको अग्रगामी मानिन्छ । अनुसन्धान, विकास, प्रविधि, र ग्राहक सन्तुष्टिलाई आफ्नो मेरुदण्ड बनाई जीएसी मोटर्सले दक्षिण९पूर्व एसिया, पूर्वी युरोप, अफ्रिका र अमेरिका समेत विभिन्न क्षेत्रका अन्तर्राष्ट्रिय बजारहरू कब्जा गरेको छ । 

सुरक्षा र प्रविधिका अत्याधुनिक विशेषता र आकर्षक डिजाइनले सुसज्जित एयोन वाईले नेपाली ग्राहकहरूलाई अवश्यै आरामदायी र दिगो ड्राइभिङ अनुभव दिने कम्पनीले जनाएको छ ।  

२ दिन अगाडि

प्रतिक्रिया