फिल्म ‘पुजार सार्की’ ले हङकङमा ब्रेक गर्‍यो रेकर्ड

२ दिन अगाडि

काठमाडौँ– फिल्म ‘पुजार सार्की’ ले हङकङमा रेकर्ड ब्रेक गरेको छ । आइतबार प्रदर्शनको लागि पुगेका अभिनेता पल शाह, आर्यन सिग्देल तथा अभिनेत्री परीक्षा लिम्बुसहित त्यहाँ पुगेका व्यक्तिले व्यापारमा नयाँ रेकर्ड गरेको बताएका छन् ।

फिल्मका लेखक विकास सुवेदीले फिल्म अत्याधुनिक आइम्याक्स सिनेमा हलमा चलेको बताए । यससँगै व्यापारमा पनि रेकर्ड भएको उनको दावी छ । यस अघि फिल्म ‘जारी’ले हङकङमा रेकर्ड ब्रेक गरेको थियो । उनले हङकङका दुई वटा हलमा चलचित्र प्रदर्शन भएकोमा दुई वटै हाउसफुल भएपछि झन्डै दुई सय दर्शकले टिकट नपाएर फर्किन बाध्य भएको बताएका छन्। फिल्म हेर्नको लागि नेपालीहरु सामुदायिक बस नै रिजर्भ गरी आएको उनको भनाइ छ ।

२ दिन अगाडि

प्रतिक्रिया