महिला लघुवित्तको संस्थापक सेयर लिलाम बिक्रीमा

२ दिन अगाडि

काठमाडौँ - महिला लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा ल्याएको छ । 

सो सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७ सय रुपियाँमा तोकिएको छ । सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति तथा संगठित संस्थाले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले आज ९असार १७० देखि साउन ८ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र फाराम बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड, ठमेल, काठमाडौंमा बुझाउनुपर्नेछ ।

२ दिन अगाडि

प्रतिक्रिया