इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमण

२ दिन अगाडि

काठमाडौँ - इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा भएको ड्रोन आक्रमणमा परी १८ जना इजरायली सैनिक घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको इजरायली रक्षा बल (आईडीएफ) ले जनाएको छ ।

आईडीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गोलान हाइट्सको उत्तरी क्षेत्रमा आक्रमण भएको थियो, यद्यपि ड्रोन कताबाट आएको थियो भन्नेबारे केही बताइएको छैन ।घाइते सैनिकहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।प्रतिक्रियामा इजरायली वायु सेनाले आइतबार राति दक्षिणी लेबनानको हिजबुल्लाह शिविरलाई लक्षित गरी आक्रमण गरेको छ ।

आक्रमणमा मर्काबा नजिकैको हिजबुल्लाह अवलोकन चौकी र आयता एस शाब नजिकैको उत्तरी इजरायलतर्फ मिसाइल प्रक्षेपण गर्न प्रयोग गरिएको लञ्चरस्थलमा प्रहार गरिएको इजरायली सेनाले बताएको छ ।पछिल्लो घटनाले इजरायल र लेबनानको सशस्त्र समूह तथा राजनीतिक दल हिजबुल्लाहबीच सन् २०२३ को अक्टोबरदेखि जारी सीमापार हिंसाको निरन्तरतालाई सङ्केत गरेको छ ।

२ दिन अगाडि

प्रतिक्रिया