सेयर बजारमा दोहोरो अंकले वृद्धि

२ दिन अगाडि

काठमाडौं - साताको दोस्रो कारोबार दिन सेयर बजार १६.२९ अंकले बढेर २०५३ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा ११ वटा उपसूचकमा हरियाली छाएको छ । उक्त दिन हिमालयन उर्जा विकास कम्पनीको सेयर मुल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.७४ प्रतिशतले बढेको हो । त्यसैगरी दोर्दी खोदा जलविद्युत कम्पनीको ८.४७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ७.५२ प्रतिशत, हिमालयन बैंक बन्डको ७.४८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सेयर बजारमा दोहोरो अंकले वृद्धि हुँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो
सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १९ करोड १३ लाख २४ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रस्ट्रक्चरको ११ करोड ६५ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै यस दिन जानकी फाइनान्सको ९ करोड ७६ लाख ९५ हजार रुपैयाँ, यूनाइटेड इदिमार्दी हाइड्रोपावरको ८ करोड ४१ लाख ७७ हजार रुपैयाँ र दोर्दीखोला जलविद्युत कम्पनीको ७ करोड ४४ लाख ३७ हजार रुपैयाँको कारोबार भएको हो ।

२ दिन अगाडि

प्रतिक्रिया